धरतीको गर्भमा विलीन हुने
ए मेरा पुर्खा हो
तिम्रो बलिदान व्यर्थ भो
जातीय अस्मिता भन्दा ठुलो आज
नेताहरुको स्वार्थ भो,
राजनीतिक टुड़ी खेलमा
जनता जाबो दर्शक भो
ट्रॉफी छैन हात रित्तै
तर पनि कस्तो विजय यो?
जुन जोगी आए नि कान चिरेको
विश्वास योग्य छन र को?
चुनाव आउंदा बौरी उठ्छ्न
चुनाव पछि फेरि सुत्छ्न
हाम्रा प्रिय नेता भानौदो,
आन्दोलन र बन्द पनि
फगत एउटा नाटक भो
आफ्नो बारीमा खेल्ने रम्ने
सपना मेरो व्यर्थ भो
सपना....मेरो व्यर्थ भो।
नेपाली कविताविधामा कलम चलाउने प्रयास गर्दै छु।हजुरहरुको सहयोग तथा सुझावको आशा राखेको छु।
Thursday, 6 March 2014
सपना . ... व्यर्थ भो!!
Labels:
nepali kavita,
nepali sahitya,
poems,
नेपाली कविता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment